जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८ चैत्र ५, शनिबार १७:३८ गते २०७८ चैत्र ५, शनिबार १७:३८ गते २०७८ चैत्र ५, शनिबार १७:३८ गते

काठमाडौं, ५ चैत – काठमाडौं, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा
चन्द्रागिरी नगरपालिका-६ छापाली बस्ने २१ वर्षीय मनिष बिडारीलाई शुक्रबार राति
प्रहरीले पक्राउ गरेको छ । बिडारीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर
प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको
हो ।

ललितपुर, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी
नगरपालिका-३ पुतलीघाट बस्ने उदयपुर कटारी नगरपालिका-१० सोरुङ घर भएका ३८
वर्षीय चुक्त्त बहादुर राउतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुतलीघाटस्थित
सडक किनारमा पार्किङ गरी राखेको बा.४ ख ३१८१ नम्बरको बसभित्र मंगलबार राति
राउतले बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त
सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *