बिभिन्न स्थानमा डुबेर मृत्यु

२०७८ चैत्र ५, शनिबार १८:०२ गते २०७८ चैत्र ५, शनिबार १८:०२ गते २०७८ चैत्र ५, शनिबार १८:०२ गते

काठमाडौं, ५ चैत – कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजार बस्ने करन बुढा मगरकी छोरी १२
वर्षीया शर्मिला मगरको घर नजिकै रहेको मोहना नदीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको
छ । नदीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल
धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ स्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा
डुबेर सोही नगरपालिका-७ भैरहवागाउँ बस्ने बिश्वनाथ ढाडीको छोरा १४ वर्षीय आदित्य
ढाडीको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर असक्त भएका उनको भिम अस्पताल
भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

बैतडी, पञ्चेश्‍वर गाउँपालिका-४ कैनपानी बस्ने २३ वर्षीया भागरथी चन्द घर
नजिकै सिँचाईको लागि बनाएको पानी पोखरीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

पाल्पा, तिनाउ गाउँपालिका-३ स्थित भुतखोलामा डुबेर रूपन्देही बुटवल
उपमहानगरपालिका-८ बस्ने १८ वर्षीय प्रसन्न पोखरेलको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
हातमुख धुने क्रममा डुबी बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट
खटिएको प्रहरीले उद्दार गरी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा
उनको मृत्यु भएको हो ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-५ प्रेमनगरस्थित सोना इँटाभट्टामा पानी जम्मा
गर्न बनाएको खाड्लमा डुबेर सोही भट्टामा काम गर्ने भारत घर भएका जोगेन्द्र केवटको
छोरा १८ महिनाको अरुन केवटको शुक्रबार राति मृत्यु भएको छ । खाडलमा डुबेर अशक्त
भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङ, धुनिबेशी नगरपालिका-१ छत्रेदेउराली बस्ने पञ्चराम तामाङको छोरा ९
वर्षीय रबि तामाङको सोही ठाउँस्थित घट्टेखोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर असक्त भएका उनको मनमोहन अस्पताल काठमाडौंमा उपचारको
क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *