रेडपाण्डाको २ थान छाला सहित पक्राउ

२०७८ चैत्र ६, आईतवार २१:०९ गते २०७८ चैत्र ६, आईतवार २१:०९ गते २०७८ चैत्र ६, आईतवार २१:०९ गते

बाँके, ६ चैत – नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरस्थित होटल अन्जना एण्ड लजको कोठा
नम्बर १०५ बाट संरक्षित वन्यजन्तु रेडपाण्डाको २ थान छाला सहित डोल्पा त्रिपुरा सुन्दरी
नगरपालिका-३ बस्ने ३६ वर्षीय हर्क बहादुर बिक लगायत ४ जनालाई आइतबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ ।

उक्त लजमा संरक्षित वन्यजन्तुको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला
प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकको थैलोमा लुकाई राखेको
उक्त छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *