चैत्र ०५ गते – बारा अं.०९:३० बजेको समयमा यस कार्यालय मातहत सिमा प्रहरी
चौकी छतवा, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा विश्रामपुर गाउँपालिका वडा नं.१
बटम चोक स्थित सडक खण्डमा सवारी साधानहरु चेकजाँच गर्ने क्रममा भारततर्फबाट भारत
बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पण्डरी वडा नं.३ बस्ने वसी अख्तरको छोरा वर्ष ३६ को
मोहमद मासुमले चलाई आएको BR30F-5156 नम्बरको मोटर साइकल रोकी चेकजाँच गर्दा
निजले चलाई आएको मोटरसाइकलको भाइजरको भागमा प्लाष्टिकमा राखी लुकाई छिपाई
राखेको अवस्थामा २० (बीस) ग्राम अवैध लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) फेला परेको
हुँदा निजलाई पक्राउ गरी लागू औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक
दिन ५ (पाँच) को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको ।
पक्राउ मानिस
१. भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पण्डरी वडा नं.३ बस्ने वसी अख्तरको छोरा
वर्ष ३६ को मोहमद मासुम ।
२ जना फरार प्रतिवादी पक्राउ
मिति २०७८/१२/०६ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न उल्लेखित मुद्दामा
फरार रहेका प्रतिवादीहरूलाई आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ
गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको ।
सि.नं. फरार प्रतिवादीको नामथर ठेगाना मुद्दा शिर्षक
१ जे. के. भन्ने भिम थिङ जि.बारा जितपुरसिमरा
उ.म.न.पा.-१८ आपराधिक उपद्रव
२ श्रीराम पटेल जि.बारा कलैया उ.म.न.पा.-११ लेनदेन
जे. के. भन्ने भिम थिङ श्रीराम पटेल
Views: 0