सवारी दुर्घटनामा २ जनाको मृत्यु

२०७८ चैत्र ७, सोमबार २१:०० गते २०७८ चैत्र ७, सोमबार २१:०० गते २०७८ चैत्र ७, सोमबार २१:०० गते

काठमाडौं, ७ चैत – कैलाली, लम्कीचुहा नगरपालिका-१० चुहास्थित सडकमा लु.१ ख ८९३० नम्बरको
ट्रकले सु.प.प्र ०१-००९ प ३९२६ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा
मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय टेक बहादुर रावलको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पाताल लम्की हुँदै कोहलपुर मेडिकल
कलेज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।
स्याङजा, गल्याङ नगरपालिका-१ नब्बेस्थित सिद्धार्थ राजमार्गमा ग.१५ प ७४४७
नम्बरको मोटरसाइकल र लु.२ ख ५२९० नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई
सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ गल्याङ बजारमा
कुशल मोटरसाइकल वर्कसपमा काम गर्ने रुपन्देही शुद्धोधन गाउँपालिका-५ फर्सटिकट घर
भएका २७ वर्षीय जितेन्द्र पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको
नगर अस्पताल गल्याङमा उपचारको क्रममा मृत्यु भएको हो । फोर्स गाडीका चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *