काठमाडौं – एनआरएनएको मुख्य कार्यालय बालुवाटारमा मंगलवार अध्यक्ष कुमार पन्तसहित अध्यक्षका प्रत्यासी कुल आचार्य, बद्री केसी र रविना थापाले संयुक्त पत्रकार सम्मेलन गरे ।
पत्रकार सम्मेलनमा तीन जनै अध्यक्षका उम्मेदवारले गम्भीर छलफलपछि संस्था जोगाउन सफल भएको र अब विवाद समाधान भएको बताए गएराति एनआरएनएभित्र अध्यक्षका प्रत्यासी कुल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो ।सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको छ भने त्यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आचार्य सहित तिनै जना अध्यक्षको सहभागिता रहेको थियो । उनले एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताए ।
पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले संस्थाको इतिहासको १८ वर्षपछिको विषम परिस्थितिको विषयमा गम्भीर छलफल भइ एउटा निचोडमा पुगिएको बताए । यो सहमति संस्था बचाउने उद्देश्यले भएको बताउँदै यसअघिका सबै समानान्तर कार्यहरूलाई स्थगित गर्ने सहमति भएको जानकारी दिए ।
वास्तवमा गैरआवासीय नेपाली संघ केवल संस्था मात्रै होइन, यो विश्वभरि रहेका हामी सम्पूर्ण गैरआवासीय नेपालीहरूको एउटा पवित्र मन्दिर हो’, आचार्यले भने एनआरएनए हामी सबैको साझा आस्था, विश्वास र अभियान हो । हामी सम्पुर्ण गैरआवासीय नेपालीहरूको पवित्र मन्दिर गैरआवासीय नेपाली संघलाई हामीले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सार्वजनिक सङ्कल्प पनि गर्न चाहेको आचार्यले बताए ।
पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी बद्री केसीले संघको एकतालाई कायम राख्न बहुअध्यक्षात्मक प्रणालीबाट संघको नेतृत्व गर्ने सहमति भएको बताए । सहमतिलाई कार्यान्वयन गर्न भविष्यमा नजिर नरहने गरी १०औँ महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गरिने उनले बताए । उनका अनुसार १० औँ विश्व सम्मेलन मार्च २४ र २५ मा चुनावी प्रक्रिया टुङ्गिएपछि हुनेछ । अब सहमतिको आधारमा नै कार्यसमिति चयन गरिने केसिले बताए ।
अहिलेको विशेष र असाधारण परिस्थितिमा विगतका सबै असमझदारी, बहस र विवादलाई बिर्सेर संघको एकतालाई अक्षुण्ण राख्नका लागि सहमतिको आधारमा दशौं महाधिवेशन गर्नु भन्दा अर्को श्रेष्ठ विकल्प नभएको उनको भनाइ छ ।
केसीले सहमतिपछि संस्थाभित्रको समानान्तर गतिविधि बन्द भएको जिकिर गर्दै अदालतमा रहेका सबै मुद्दा फिर्ता लिने समझदारी भएको पनि बताए ।
यस्तै अध्यक्षकी अर्का प्रत्यासी रवीना थापाले पनि सहमतिपछि संस्थालाई एक बनाएर अघि बढिनुपर्ने बताइन ।
एनआरएनएमा आगामी अधिवेसनमा डेलिगेट्स विवाद हुँदा केहि महीनादेखि विवाद रहँदै आएको थियो । यो विवाद हाललाई निरूपण भएपनि प्रमुख संरक्षक शेष घले भने अझै सहमतीमा आएका छैनन । अभियन्ताहरूले अझै पनि घलेलाई मनाउन पहल भइरहेको बताएका छन ।एनआरएनएमा एकता,तिनै अध्यक्षका उम्मेदवारद्वारा सामुहिक पत्रकार सम्मेलन एनआरएनएको मुख्य कार्यालय बालुवाटारमा मंगलवार अध्यक्ष कुमार पन्तसहित अध्यक्षका प्रत्यासी कुल आचार्य, बद्री केसी र रविना थापाले संयुक्त पत्रकार सम्मेलन गरे ।
पत्रकार सम्मेलनमा तीन जनै अध्यक्षका उम्मेदवारले गम्भीर छलफलपछि संस्था जोगाउन सफल भएको र अब विवाद समाधान भएको बताए ।
गएराति एनआरएनएभित्र अध्यक्षका प्रत्यासी कुल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो ।
सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको छ भने त्यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आचार्य सहित तिनै जना अध्यक्षको सहभागिता रहेको थियो । उनले एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताए ।
पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले संस्थाको इतिहासको १८ वर्षपछिको विषम परिस्थितिको विषयमा गम्भीर छलफल भइ एउटा निचोडमा पुगिएको बताए । यो सहमति संस्था बचाउने उद्देश्यले भएको बताउँदै यसअघिका सबै समानान्तर कार्यहरूलाई स्थगित गर्ने सहमति भएको जानकारी दिए ।
वास्तवमा गैरआवासीय नेपाली संघ केवल संस्था मात्रै होइन, यो विश्वभरि रहेका हामी सम्पूर्ण गैरआवासीय नेपालीहरूको एउटा पवित्र मन्दिर हो’, आचार्यले भने एनआरएनए हामी सबैको साझा आस्था, विश्वास र अभियान हो । हामी सम्पुर्ण गैरआवासीय नेपालीहरूको पवित्र मन्दिर गैरआवासीय नेपाली संघलाई हामीले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सार्वजनिक सङ्कल्प पनि गर्न चाहेको आचार्यले बताए ।
पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी बद्री केसीले संघको एकतालाई कायम राख्न बहुअध्यक्षात्मक प्रणालीबाट संघको नेतृत्व गर्ने सहमति भएको बताए । सहमतिलाई कार्यान्वयन गर्न भविष्यमा नजिर नरहने गरी १०औँ महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गरिने उनले बताए । उनका अनुसार १० औँ विश्व सम्मेलन मार्च २४ र २५ मा चुनावी प्रक्रिया टुङ्गिएपछि हुनेछ । अब सहमतिको आधारमा नै कार्यसमिति चयन गरिने केसिले बताए ।
अहिलेको विशेष र असाधारण परिस्थितिमा विगतका सबै असमझदारी, बहस र विवादलाई बिर्सेर संघको एकतालाई अक्षुण्ण राख्नका लागि सहमतिको आधारमा दशौं महाधिवेशन गर्नु भन्दा अर्को श्रेष्ठ विकल्प नभएको उनको भनाइ छ ।
केसीले सहमतिपछि संस्थाभित्रको समानान्तर गतिविधि बन्द भएको जिकिर गर्दै अदालतमा रहेका सबै मुद्दा फिर्ता लिने समझदारी भएको पनि बताए ।
यस्तै अध्यक्षकी अर्का प्रत्यासी रवीना थापाले पनि सहमतिपछि संस्थालाई एक बनाएर अघि बढिनुपर्ने बताइन ।
एनआरएनएमा आगामी अधिवेसनमा डेलिगेट्स विवाद हुँदा केहि महीनादेखि विवाद रहँदै आएको थियो । यो विवाद हाललाई निरूपण भएपनि प्रमुख संरक्षक शेष घले भने अझै सहमतीमा आएका छैनन । अभियन्ताहरूले अझै पनि घलेलाई मनाउन पहल भइरहेको बताएका छन ।
स्रोत: राष्ट्रिय जनसवाल दैनिक
Views: 0