काठमाडौं, ८ चैत – ठगी तथा आपराधिक बिश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं
महानगरपालिका-१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितको नवलपरासी जिल्लास्थित जग्गा/जमिन खण्डीकरण र बिक्री गरी सो बापत
प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने
नगद २ करोड ५६ लाख रूपैयाँ नदिई फरार रहेकी उनलाई महानगरीय प्रहरी परिसर
काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजुबाट पक्राउ गरेको
हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय
नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0