कानको मुन्द्रा चोरी गरेको अभियोगमा पक्राउ

२०७८ चैत्र ९, बुधबार ११:१४ गते २०७८ चैत्र ९, बुधबार ११:१४ गते २०७८ चैत्र ९, बुधबार ११:१४ गते

कास्की, ८ चैत – पोखरा महानगरपालिका-१ टुडिखेलस्थित राष्ट्रिय माविको गेट अगाडिको सोही
विद्यालयमा अध्ययनरत २ जना बालिकाले कानमा लगाएको सुनका मुन्द्रा चोरी गरेको
अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० रामबजार बस्ने स्याङजा घर भएकी २५
वर्षीया अम्बिका पुलामी मगर, सोही महानगरपालिका-१७ राष्ट्र बैंक चोक बस्ने पञ्चासे सुन
चाँदी पसलका संचालक ६४ वर्षीय थमन सिंह विश्वकर्मा र सोही ठाउँ बस्ने नितिशा ज्वेलर्स
सुनचाँदी पसलका २७ वर्षीय नितेश विश्वकर्मा रहेका छन् ।
ती बालिकाहरुको कानको मुन्द्रा चोरी लगेको भन्ने सूचनाको आधारमा वडा प्रहरी
कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका-१५ घले चोक नयाँ गाउ मार्ग
सडक खण्डबाट उनीहरुलाई ७.६ लाल रहेको सुन जस्तो देखिने पहेँलो धातुले बनेको स-साना
मुन्द्राका टुक्राहरू सहित फेला पारी पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा अम्बिकाले २ जना
बालिकाले कानमा लगाएको मुन्द्रा चोरी गरी थमन सिंहलाई बिक्री गरेको र पुन: थमन सिंहले
नितेशलाई बिक्री गरेको खुल्न आएको छ ।
उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन
म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *