काठमाडौं, ९ चैत – काठमाडौं, दक्षिणकली नगरपालिका-५ स्थित फर्पिङ चेकपोष्टबाट करिब ५० ग्राम
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित काठमाडौं कीर्तिपुर मच्छेगाउँ बस्ने
झापा बिर्तामोड नगरपालिका-६ घर भएका ३१ वर्षीय बिनोद चौधरी लगायत २ जनालाई
मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज
३९९१ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त पदार्थ
सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१० पुरानो गोरु हटिया बस्ने ४५ वर्षीया मैनी
खातुनलाई करिब ९ ग्राम ३२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ,
२४ ग्राम अवैध लागूऔषध गाँजा, नगद ९ हजार ५ सय ६० रूपैयाँ, ९ थान मोबाइल र १
थान डिजिटल मिनि तराजु सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी
कार्यालय धुलाबारी, लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय
काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी
पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0