मृत अवस्थामा फेला

२०७८ चैत्र ९, बुधबार १२:०६ गते २०७८ चैत्र ९, बुधबार १२:०६ गते २०७८ चैत्र ९, बुधबार १२:०६ गते

काठमाडौं, ९ चैत – रूपन्देही, सैनामैना नगरपालिका-४ लखनपाडास्थित सैनामैना कृषि पशुपंक्षी तथा
मत्स्यपालन फर्ममा काम गर्ने नवलपरासी सरावल गाउँपालिका-७ घर भएका ६७ वर्षीय
राम आज्ञा केवट सोही फर्मको आफै सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्

दाङ, शान्तिनगर गाउँपालिका-६ कोर्वाङघाटस्थित कुलोमा बबई गाउँपालिका-७
बस्ने ६५ वर्षीया गंगी कुवँर मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । मृतकको अनुहार र
खुट्टामा घाउचोट देखिएकोले ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले
सोधपुछको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-३ दोभान बजार नजिक तमोर नदीको किनारमा
हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला
परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *