अवैध लागूऔषध सहित पक्राउ

२०७८ चैत्र ९, बुधबार २०:५९ गते २०७८ चैत्र ९, बुधबार २०:५९ गते २०७८ चैत्र ९, बुधबार २०:५९ गते

काठमाडौं, ९ चैत – मकवानपुर, मनहरी गाउँपालिका-६ स्थित सडकमा ना.६ ख ४४०९ नम्बरको ट्रकमा
लुकाई ल्याएको ४२ किलोग्राम अवैध लागूऔषध गाँजा सहित ४ जनालाई मंगलबार साँझ
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ट्रकका चालक सोही गाउँपालिका-६ बस्ने ३१
वर्षीय ईश्‍वर पाठक, सहचालक हेटौंडा उपमहानगरपालिका-११ बस्ने २२ वर्षीय सागर
थिङ, सोही ट्रकमा सवार नवलपरासी रामग्राम नगरपालिका-१२ बस्ने ६० वर्षीय राजेश
प्रसाद रौनियार र सोही ठाउँ बस्ने ४० वर्षीया रेश्मा भर रहेका छन् ।

मनहरीबाट चितवनतर्फ जाँदै गरेको उक्त ट्रकलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट
खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक बस्ने सिट पछाडि लुकाई ल्याएको उक्त गाँजा
सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ लवनी चोकबाट नियन्त्रित लागूऔषध ३७
पिस स्पास्मो र ६ पिस नाईट्रोभेट सहित मायादेवी गाउँपालिका-६ डुमरा बस्ने २६ वर्षीय
अब्दुल वफा मुसलवानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पैदल हिँडिरहेका
उनलाई प्रहरी चौकी लवनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित
फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *