काठमाडौं, १० चैत – कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकी ब्यारेलबाट ७ ग्राम १६ मिलिग्राम
अवैध लागूऔषध खैरो हेरोइन, ६० मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ
सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही
नगरपालिका-५ तिनतारा बस्ने २६ वर्षीया माया लुहार र बेदकोट नगरपालिका-७ बस्ने
पदम ओड रहेका छन् । बनबासाबाट नेपाल आउने क्रममा इलाका प्रहरी कार्यालय
गड्डाचौकीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई
पक्राउ गरेको हो ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-११ मुस्कान पथ घर भएका २४ वर्षीय
युद्वजित सुनारी र सोही उपमहानगरपालिका-१३ बेलबास घर भएका २७ वर्षीय सुनिल
श्रेष्ठलाई ५ ग्राम ९ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, ६ थान मोबाइल र १
थान तौल गर्ने मेसिन सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनारीको घरमा
लागूऔषध विक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट
खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी(पश्चिम), पाल्हिनन्दन गाउँपालिका-१ महेशपुर नजिकबाट करिब २
ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत घर भएका ३४ वर्षीय
मुकेश गुप्तालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पदैल आउँदै
गरेका उनलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम) र सिमा प्रहरी चौकी
महेशपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको
हो ।
दाङ, घोराही उपमहानगरपालिका-१७ बस्ने २८ वर्षीय विक्रम चौधरी सहित ३
जनालाई १ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ
2
सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-१५ स्थित
पार्वती रेष्टुरेण्टमा खाजा खाइरहेका व्यक्तिहरूसँग लागूऔषध रहेको भन्ने सूचनाको
आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध
सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0