बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८ चैत्र १२, शनिबार २३:०२ गते २०७८ चैत्र १२, शनिबार २३:०२ गते २०७८ चैत्र १२, शनिबार २३:०२ गते

काठमाडौं, ११ चैत – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बारा जितपुर सिमरा उपमहानगरपालिका-२
बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ ठेगाना भएका ६८ वर्षीय कृष्ण बहादुर
थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको गत फागुन २० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष
कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको
प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा बारा जितपुर सिमरा
उपमहानगरपालिका-४ बाट पक्राउ गरेको हो । उच्च अदालत पाटनबाट २०७७ मंसिर २२
गतेको फैसलाले सोही मुद्दामा थापालाई १ करोड २५ लाख रुपैयाँ विगो वापतको रकम
जरिवाना र सो को कानुन बमोजिम हुने व्याज समेतको विगो दाखिला गर्नु पर्नेमा सो नगरी
फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौंले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा
पठाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *