पथलैया बारा – मिति २०७८/१२/१० गते अं.२२:०० बजेको समयमा यस कार्यालय मातहत
प्रहरी चौकी पथलैया बाराबाट जिल्ला बारा जीतपुरसिमरा उप-महानगरपालिका
वडा न.०१ स्थित पुर्व-पश्चिम राजमार्ग अन्तरगत पथलैया चोकमा चेकिङ
डिउटीमा खटीएको प्रहरी टोलिले सर्लाहीबाट काठमाडौं जादै गरेको ना ७ ख
२६८१ नं.को सुपर राजेश डिलक्स यात्रु बाहक बस रोकि चेकजाँच गर्ने क्रममा
उक्त बसको पछाडिको डिकीमा लुकाई छिपाई ल्याएको निम्न परिणामको निम्न
परिमाणको लागू औषध सहित निम्न मानिसलाई पक्राउ गरी बारा जिल्ला
अदालतबाट लागू औषध मुद्दा शिर्षकमा पहिलो पटक दिन ५ को म्याद अनुमति
लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको।
पक्राउ परेका मानिसहरु :-
१, जिल्ला सर्लाही पर्सा गाँउपालिका वडा नं. २ संग्रामपुर वस्ने वर्ष २० को
मिथिलेश कुमार मंडल।
बरामद लागु औषध ;-
1) लागू औषध डाईजेपाम ९९७।–पिस ।
2) लागू औषध फेनारगन १००७।–पिस ।
3) लागू औषध नुर्फिन ९८६ ।– पिस ।
जम्मा २,९९०/– (दुई हजार नौ सय नब्बे )
Views: 0