महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न २ जना पक्राउ

२०७८ चैत्र १२, शनिबार २३:३४ गते २०७८ चैत्र १२, शनिबार २३:३४ गते २०७८ चैत्र १२, शनिबार २३:३४ गते

बारा, १२ चैत – वीरगंज महानगरपालिका-१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड
प्रहार भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ
गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु
साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् ।
आफ्नो माइतीघर बारा कलैया उपमहानगरपालिका-२३ कोरिया टोल जाने क्रममा
मोटरसाइकलमा आएका २ जनाले ती महिलालाई एसिड प्रहार गरेको भन्ने सूचना प्राप्त
हुनासाथ खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैया हुँदै थप
उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाएको थियो ।

साथै घटनामा संलग्न उनीहरूलाई वीरगंजबाट प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *