अनेमसंघ जितपुरसिमराको अध्यक्षमा अनिता लम्साल सर्ब सहमत

२०७८ चैत्र १३, आईतवार १९:४२ गते २०७८ चैत्र १३, आईतवार १९:४२ गते २०७८ चैत्र १३, आईतवार १९:४२ गते

बारा ८ चैत्र : नेकपा एमाले निकट अखिल नेपाल महिला संघ जितपुरसिमरा उपमहानगरकमिटीको प्रथमअधिबेशन आज सिमरामा सम्पन्न भएको छ । अधिवेशनले अनिता लम्साल अधिकारीको अध्यक्षमा १०१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको छ ।


अधिवेशनको उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रिय सदस्य सरस्वती देवी चौधरी, एमाले बाराका पूर्वअध्यक्ष देबनारायण चौधरी,उपाध्यक्ष टिना सुवेदी,एमाले बाराका नेता मनोज पौडेल प्रदेश कमिटी सदस्यहरु किशोर शर्मा,लक्ष्मी नेपाली,चयन गुरुङ,मोबिन आलम,महिला नेत्री कमला घिमिरे,जिल्ला सदस्यहरु अमृत लाल श्रेष्ठ,भोला अधिकारी,भरत घले,तारा कार्कि,कासिम हुसेन,देबि सापकोटालगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

अधिबेशन उद्घाटन समाहरोहको सभापतित्व अनिता लम्सालले र स्वागत मुना अधिकारी र सहजीकरण रेनु रिमालले गर्नु भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *