महोत्तरी, १३ चैत – औरही नगरपालिका-१ औरहीस्थित सडकबाट श्रोत नखुलेको नगद ५५ लाख रुपैयाँ
सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-२ बस्ने २१ वर्षीय धिरज कुमार यादव र सोही ठाउँ
बस्ने १८ वर्षीय किशोर रहेका छन् । ज.९ प ८२४७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी
कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई
उक्त नगद र विभिन्न बैंकका ५३ थान चेक सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वर पठाइएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0