काठमाडौं, १३ चैत – काठमाडौं महानगरपालिका-८ गौशालास्थित सडकमा बा.२० च ७१२९ नम्बरको
कारको ठक्करबाट पदैलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको
आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल
सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।
सर्लाही, लालबन्दी नगरपालिका-१७ स्थित फुलजोर पुलमा वीरगंजबाट जनकपुरतर्फ
जाँदै गरेको ना.४ ख ८५५५ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा
बसमा सवार ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको
लालबन्दीस्थित बिभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा
घाइते भएका अन्य ३२ जनाको लालबन्दीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१६ नगवा चौकमा ना.२ ह २७६६ नम्बरको अटोलाई
अनटेष्ट लेखिएको एम्बुलेन्सले शनिबार राति ठक्कर दिँदा अटोमा सवार सोही महानगरपालिका-
१६ रामटोल डेरा गरी बस्ने रौतहट गौर नगरपालिका ब्रहमपुरी घर भएका ४५ वर्षीय परीक्षण
राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी उपक्षेत्रीय
अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा
सवार ३ जनाको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0