बिक्री वितरणको लागी लैजाँदै गरेको दुई वटा हात्ती सहित पक्राउ

२०७८ चैत्र १३, आईतवार २०:०६ गते २०७८ चैत्र १३, आईतवार २०:०६ गते २०७८ चैत्र १३, आईतवार २०:०६ गते

पर्सा, १३ चैत – नेपालबाट भारततर्फ बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्ती सहित ३
जनालाई पकहामैनपुर गाउँपालिका-५ पोखरिया टोलबाट शनिबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ जितपुर बस्ने ६० वर्षीय
बुदिराम महतो, सोही ठाउँ बस्ने ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका-५
सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

उक्त स्थानमा बिक्री वितरणको लागि हात्तीहरू लैजाँदै गरेको सूचना प्राप्त हुनासाथ
ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य
भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *