जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

२०७८ चैत्र १३, आईतवार २०:१९ गते २०७८ चैत्र १३, आईतवार २०:१९ गते २०७८ चैत्र १३, आईतवार २०:१९ गते

काठमाडौं, १३ चैत
झापा, बिर्तामोड नगरपालिका-६ डेरा गरी बस्ने ३८ वर्षीय हंस बहादुर नेम्वाङको
कोठामा तास खेलिरहेको अवस्थामा नेम्वाङ सहित १० जनालाई शनिबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी
कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ, भारतीय २२
हजार ५ सय रूपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

बागलुङ, बागलुङ नगरपालिका-३ मुलपानी बस्ने प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको
अवस्थामा सोही नगरपालिका-३ बस्ने दिवसराज पन्त लगायत ८ जनालाई शनिबार राति
प्रहरीले पक्राउ गरेको छ । रेग्मीको घरमा कौडा (जुवा) खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ
जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार
रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *