अवैध लागूऔषध सहित पक्राउ

२०७८ चैत्र १५, मंगलवार २२:३६ गते २०७८ चैत्र १५, मंगलवार २२:३६ गते २०७८ चैत्र १५, मंगलवार २२:३६ गते

काठमाडौं, १५ चैत
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध
नाईट्राभेट ४ सय ६५ ट्याब्लेट सहित सिन्धुली कुसेश्वर गाउँपालिका-१ बस्ने २० वर्षीय
प्रयास श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जलेश्वरदेखि
काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८३० नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा
बसमा सवार श्रेष्ठलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर
जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान
भइरहेको छ ।

चितवन, ईच्छाकामना गाउँपालिका-७ सिमलबाट करिब १ केजी अवैध लागूऔषध
गाँजा सहित सोही ठाउँ बस्ने २० वर्षीय कुवर तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । अस्थायी प्रहरी बिट गणेशथानाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध
सहित फेला पारी पक्राउ गरेको हो ।

जुम्ला, चन्दननाथ नगरपालिका-७ स्थित सडकबाट करिब ४६ ग्राम ६ सय
मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तातोपानी गाउँपालिका-५ बस्ने २१ वर्षीय
धुर्वराज गिरी र चन्दननाथ नगरपालिका-८ घर भई सोही नगरपालिका-९ उमगाडमा
होटल पसल गरी बस्ने २९ वर्षीय पदम धरला रहेका छन् । जिल्ला प्रहरी कार्यालय
जुम्लाबाट खटिएको प्रहरीले धुर्वराज गिरीलाई ५ सय मिलिग्राम चरेश जस्तो देखिने पदार्थ
सहित फेला पारी पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध
पदम धरलाबाट खरिद गरेको खुल्न आएपछि पदम धरलालाई समेत नियन्त्रणमा लिई जाँच
गर्दा उनको साथबाट थप ४६ ग्राम १ सय मिलिग्राम चरेश जस्तो देखिने पदार्थ फेला परेको
हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *