म्बन्धित व्यक्तिलाई पास नगरी अर्केकै नाममा पास गरेर ठगी गरी बेलायत फरार

२०७८ चैत्र १७, बिहीबार १९:२८ गते २०७८ चैत्र १७, बिहीबार १९:२८ गते २०७८ चैत्र १७, बिहीबार १९:२८ गते

काठमाडौँ, १६ चैत । लमजुङका लालबहादुर घले जग्गाबाट ठगी गरी बेलायत फरार भएका छन् । लमजुङ पाचोक गाविस वडा नं ७ का घलेले तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थली हाईटमा रहेको जग्गा सम्बन्धित व्यक्तिलाई पास नगरी अर्केकै नाममा पास गरेर ठगी गरी बेलायत फरार भएका हुन् ।

धादिङका क्रिसमान तामाङलाई बिक्रि गर्ने आश्वासन दिएर लाखौँ रुपैँया लिएका घलेले अन्त्यमा तामाङलाई उक्त जग्गा नदिई सिर्जना थापालाई जग्गा बेचेर ठगी गरेका छन् । थापाले तामाङलाई पैसा दिनुपर्नेमा नदिईकन अर्केलाई उक्त जग्गा पास गरेर ठगी गरेकी छन् । फरार घलेले तामाङलाई आफ्नै जग्गा हो भनी थापाको नाममा रहेको जग्गालाई बैना गरेर लाखौँ रुपैँया लिएका छन् । उनले लिएको पैसा तामाङले माग्दा उल्टो सिर्जना थापालाई देखाएर आफू तर्कँदै आएका छन् । सिर्जना थापाले दिनुपर्ने रकमसमेत तामाङलाई दिएकी छैनन् ।

तामाङले बारम्बार आफ्नो पैसा माग्दा फोन नउठाउने, उल्टो धम्की दिने गरेपछि तामाङले महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरीसमेत दिएका छन् । बालाजु प्रहरीका प्रमुखले समेत सिर्जना थापालाई फोन गर्दा नउठाउने र फोन उठाएमा चाँडो कारोबार मिलाउने बताउँदै आएपनि हालसम्म रकम नदिएपछि पीडित तामाङ अदालतको ढोका ढकढक्याउन पुगेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *