काठमाडौं, १६ चैत
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ४ किलोग्राम अवैध
लागुऔषध गाँजाको धुलो सहित धादिङ धाक्रे गाउँपालिका-५ बस्ने ५० वर्षीय सूर्य बहादुर
तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै
गरेको बा.३ ख १५५२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको
प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ
गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट करिब ५ किलो ५ सय
ग्राम अवैध लागुऔषध गाँजा सहित भारत छाप्रा सबलपुर बस्ने ७० वर्षीय गणेश रायलाई
बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको
प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बस पार्क नजिकबाट करिब १ सय २०
मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बराहताल गाउँपालिका-
१० ओदानताल बस्ने २४ वर्षीय मुकेश सिजालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेकोछ ।
लागुऔषध ब्यूरो, प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त
प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागुऔषध
लुपिजेसिक ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल, एभिल ७ एम्पुल र फेनारगन ५ एम्पुल सहित
सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २४ वर्षीय बिपिन कार्कीलाई बुधबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने
क्रममा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१० रामबजारबाट नियन्त्रित लागुऔषध ११
एम्पुल फेनारागन, ९ एम्पुल नुर्फिन र ९ एम्पुल डाईजेपाम सहित सोही ठाउँ बस्ने स्याङ्जा
बिरुवा गाउँपालिका घर भएका २७ वर्षीय कुमार गुरुङलाई मंगलबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त
लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0