सेवाग्राहीलाई दु:ख हैरानी दिने कार्यमा संलग्न १५ जना पक्राउ

२०७८ चैत्र १७, बिहीबार १९:४६ गते २०७८ चैत्र १७, बिहीबार १९:४६ गते २०७८ चैत्र १७, बिहीबार १९:४६ गते

ललितपुर, १७ चैत – ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दु:ख हैरानी दिने कार्यमा
संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-४ बागडोल बस्ने खोटाङ दिक्तेल घर
भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय,
बागमतीको कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला जम्मा
भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा झन्झटमा पारी कार्यालयको
काममा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको
प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *