काठमाडौं, १७ चैत – भन्सार छली चोरी पैठारी गरी ल्याईएका ३० थान मोवाइल सहित काठमाडौं
नागार्जुन नगरपालिका-३ ईचंगुनारायण ठेगाना भएका २९ वर्षीय आशिक श्रेष्ठलाई
मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट आशिक श्रेष्ठ समेतका व्यक्तिले मोवाइल लगायतका अन्य सामानहरु
भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-३
स्वयम्भू हलचोकस्थित आशिक श्रेष्ठको एएस मोवाइल स्टोरमा तलासी गर्दा भन्सार चोरी
पैठारी गरी ल्याईएका विभिन्न कम्पनीका मोवाइल फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय
गौचर काठमाडौं पठाइएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0