पर्सा, १७ चैत – वीरगञ्ज महानगरपालिका-१४ बस्ने ३८ वर्षीय दिनेश प्रसाद राउतको ना.३४ प
१९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई
मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२५ बस्ने
२० वर्षीय आकाश कुमार पटेल, २८ वर्षीय दिपेन्द्र प्रसाद पटेल र सोही महानगरपालिका-
२० बस्ने २९ वर्षीय मनिर मियाँ अन्सारी रहेका छन् ।
चैत ४ गते राति वीरगञ्ज
महानगरपालिका-२५ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल
चोरी गरी ना.२५ प १४६६ नम्बर प्लेट लगाइ चलाउँदै गरेको खुल्न आएपछि जिल्ला प्रहरी
कार्यालय पर्साबाट खटिएको प्रहरीले सो कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उक्त
मोटरसाइकल वीरगञ्ज महानगरपालिका-२० हरपतगञ्जबाट बरामद गर्नुका साथै सोही
स्थानमा कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल समेत फेला पारी प्रहरीले बरामद
गरेको छ ।
यसैगरी वीरगञ्ज महानगरपालिका-१ बस्ने २४ वर्षीय सन्जु रामको प्रदेश २-०३-
०१८ प ००१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा कोल्हवी
नगरपालिका-१ बस्ने २३ वर्षीय अच्छेलाल चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका-२ स्थित सडकमा पार्किङ गरी राखिएको अवस्थामा उक्त
मोटरसाइकलको लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका-३
छप्कैयाबाट फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूउपर चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।
Views: 0