काठमाडौं, १७ चैत – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका ३ जना प्रहरी
अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक
समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ चैत १७ गतेको निर्णयले चैत ८
गतेबाट लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्तकुमार
पन्त, धिरज प्रताप सिंह र रबिन्द्र बहादुर धानुकलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी
चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त
महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन
गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त
महानिरीक्षकहरूले आगामी दिनमा देखाउनु हुने कर्तव्यपरायणता र ईमान्दारीताले
पदोन्नतिलाई सिद्ध गर्ने उहाँले चर्चा गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी
दिनमा नीति निर्माण एवम् संगठनले अख्तियार गर्नु पर्ने अग्रगामी मार्ग प्रशस्त गर्न,
अख्तियारीमा रहेका काम र कार्यविधिहरूलाई थप अध्यावधिक गर्ने लगायतका बिषयमा
पदोन्नतिहुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले संगठनलाई योगदान पुर्‍याउनुहुनेमा
विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त
महानिरीक्षक बसन्तकुमार पन्तले संगठन र संगठनमा आवद्ध सदस्यहरूको लागि हक हित र
श्रीवृद्धिका लगि सदैव प्रतिवद्ध रहेन उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत
वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *