काठमाडौं, १८ चैत
ललितपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा
महालक्ष्मी नगरपालिका-४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-४
घर भएका ३८ वर्षीय सुशिल चटौतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चटौतले
ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त
सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पाल्पा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ
गाउँपालिका-१ कचल बस्ने ४८ वर्षीय कोशल बहादुर हिस्किलाई बिहीबार राति प्रहरीले
पक्राउ गरेको छ । कोशल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर
प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तनहुँ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु
नगरपालिका-३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-६ घर भएका २१ वर्षीय
सनिल मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई
जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले
उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0