बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

२०७८ चैत्र १९, शनिबार २३:१५ गते २०७८ चैत्र १९, शनिबार २३:१५ गते २०७८ चैत्र १९, शनिबार २३:१५ गते

सुनसरी, १९ चैत – ईटहरी उपमहानगरपालिका-२ स्थित बम बिष्फोटन भएको घटनामा संलग्न रहेको
अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-२ बस्ने २० वर्षीय रविन थापा, सोही
ठाउँ बस्ने ३२ वर्षीया लक्ष्मी देवी थापा, लमजुङ ढोडेनी गाउँपालिका-७ बस्ने २३ वर्षीय
शेरजंग गुरुङ र झापा कन्काइ नगरपालिका-८ लक्ष्मीपुर बस्ने ४३ वर्षीय संजय भन्ने खगेन्द्र
खरेल रहेका छन् ।

ईटहरी उपमहानगरपालिका-२ डेरा गरी बस्ने लक्ष्मी थापाको कोठामा चैत १४ गते
बम बिष्फोट हुँदा मानिस घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय
ईटहरीबाट खटिएको प्रहरीले शेरजंग गुरुङ र लक्ष्मी थापाको छोरा रविन थापालाई घाइते
अवस्थामा फेला पारी उपचारको लागि अस्पताल पठाएको थियो ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर,
संघीय प्रहरी इकाई कार्यालय धरान सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट
खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमध्ये रविन र
शेरजंगलाई उपचार पश्चात, लक्ष्मी देवीलाई इटहरी उपमहानगरपालिका-२ बाट र
घटनाका मुख्य योजनाकार खगेन्द्र खरेललाई झापा मेचिनगर नगरपालिका-६ स्थित नेपाल
भारत सिमाना काकडभित्ताबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा
शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *