भक्तपुर, २३ चैत – चाँगुनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर
तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट
कौडा खेलिरहेको अवस्थामा मन बहादुर समेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ
गरेको छ ।
उक्त होटलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर
भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान
कौडा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0