अवैध लागुऔषध सहित पक्राउ तथा बरामद

२०७८ चैत्र २३, बुधबार १२:३३ गते २०७८ चैत्र २३, बुधबार १२:३३ गते २०७८ चैत्र २३, बुधबार १२:३३ गते

काठमाडौं, २३ चैत –
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडिबाट करिब १४ ग्राम अवैध
लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित विर्तामोड नगरपालिका-७ सुकुमबासी
टोल बस्ने ५४ वर्षीय अमृत खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका
प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले
उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-६ स्थितबाट करिब ३ ग्राम ७ सय २०
मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ सेमराहवा बस्ने
२३ वर्षीय सुनिल कुमार पासी र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय
कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको

हो । साथै उनीहरूको साथबाट लु.१३ प २८६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले
बरामद गरेको छ ।

सप्तरी, बोदेबर्साईन नगरपालिका-८ काचन टोलबाट करिब १६ केजी अवैध
लागुऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी काचनबाट खटिएको
प्रहरीलाई देख्नासाथ बैरियाहीबाट काचनतर्फ जाँदै गरेका पैदलयात्रीले कपडाको झोला
फाली फरार भएपछि झोला तलासी गर्दा उक्त लागुऔषध फेला परेको हो । हाल फरार
व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *