आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

२०७८ चैत्र २४, बिहीबार २१:३१ गते २०७८ चैत्र २४, बिहीबार २१:३१ गते २०७८ चैत्र २४, बिहीबार २१:३१ गते

काठमाडौं, २४ चैत
सुर्खेत, चौकुने गाउँपालिका-१ चाबोट बस्ने मान बहादुर तिरुवाको घरमा बुधबार
बिहान आगलागी हुँदा सो आगलागीमा परी उनकै छोरा ४ वर्षीय टपेन्द्र तिरुवाको मृत्यु
भएको छ । आगलागीमा जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि
सदरमुकामतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । आगलागीबाट करिब ३ लाख ४०
हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी सुर्खेत, भेरिगंगा नगरपालिका-१३ श्रीचौर टोल बस्ने रत्न बहादुर थापाको
घरमा करेन्ट सर्ट भई बुधबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख
रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, माहदेवा गाउँपालिका-६ बस्ने रुनाई यादवको खेतमा थ्रेसरले गहुँ झार्ने क्रममा
थ्रेसरबाट अचानक आगलागी भई रुनाई यादवको घर, छिमेकी लखन माझीको घरगोठ तथा
माहाबीर यादवको घरमा समेत बुधबार दिउँसो आगलागी हुँदा करिब ४ लाख ५५ हजार
रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ताप्लेजुङ, मैवाखोला गाउँपालिका-२ भुसुने बस्ने जित बहादुर तामाङको घरमा
बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ
बराबरको धनमाल नष्ट भएको छ ।

झापा, शिबसताक्षी नगरपालिका-१ फुलबारी चोक नजिक प्रेम मगरको घरमा
बुधबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल
नष्ट भएको छ ।

कैलाली, घोडाघोडी नगरपालिका-८ तारानगर बस्ने ३२ वर्षीया मालती बिकको
घरमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ
बराबरको धनमाल नष्ट भएको छ ।प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *