विभिन्न स्थानबाट ७ थान मोटरसाइकल बरामद

२०७८ चैत्र २४, बिहीबार २१:४७ गते २०७८ चैत्र २४, बिहीबार २१:४७ गते २०७८ चैत्र २४, बिहीबार २१:४७ गते

काठमाडौं, २४ चैत – काठमाडौंका विभिन्न स्थानहरूबाट रोयल ईन्फिल्ड कम्पनीका करिब २१ लाख रूपैयाँ
मूल्य बराबरका ७ थान बुलेट मोटरसाइकलहरू महानगरीय अपराध महाशाखाबाट खटिएको
प्रहरीले बरामद गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा भारतीय नाकाबाट विभिन्न मोटरसाइकलहरु
भन्सार छलि चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको
भन्ने बिशेष सूचनाको आधारमा सो महाशाखाबाट खटिएको प्रहरीले उक्त मोटरसाइकलहरू
फेला पारी बरामद गरेको हो ।

बरामद मोटरसाइकलहरु आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार
कार्यालय गौचरण काठमाडौं पठाउनुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त
महाशाखाले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *