नियन्त्रित लागुऔषध प्रहरीले पक्राउ गरे

२०७८ चैत्र २५, शुक्रबार २१:०७ गते २०७८ चैत्र २५, शुक्रबार २१:०७ गते २०७८ चैत्र २५, शुक्रबार २१:०७ गते

मोरङ, २५ चैत – बिराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट नियन्त्रित लागुऔषध नाईट्रोसन
६० ट्याब्लेट र डाईलेक्स डिसि ४ बोतल सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ
गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३० वर्षीय आकाश
सुन्दास र सोही उपमहानगरपालिका-१५ बस्ने ३८ वर्षीय मिलन लिम्बु रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४८ प ३९७५ नम्बरको
मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्दा
मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *