विभिन्न हातहतियार पक्राउ

२०७८ चैत्र २७, आईतवार १४:१४ गते २०७८ चैत्र २७, आईतवार १४:१४ गते २०७८ चैत्र २७, आईतवार १४:१४ गते

काठमाडौं, २६ चैत – धनुषा, जनकपुर उपमहानगरपालिका-१० स्थितबाट १ थान पेस्तोल र सोही
पेस्तोलको म्याग्जिन १ थान सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय इन्द्रेश कुमार सिंह र सोही
उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय अर्जुन कुमार सिंह रहेका छन् । विशेष सूचनाको
आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार
सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट ज. ७ प ७९३२ नम्बरको
मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

रूपन्देही, सैनामैना नगरपालिका-१ भाटा एकताटोल बस्ने दल बहादुर सुनारलाई
सिसाको गोली १२ थान, फलामको टुक्रा (छर्रा) ८ थान, केप १२ थान र बारुद सहित
शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको
प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो । साथै उक्त कार्यालयबाट
खटिएको प्रहरीले सोही ठाउँ रानिकुवा बस्ने मान बहादुर राउतको घरबाट २ थान भरुवा
बन्दुक फेला पारी बरामद गरेको छ । मान बहादुरको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *