मकवानपुर, २७ चैत – मनहरी गाउँपालिका- ६ स्थित सडकबाट ३५ केजी अवैध लागुऔषध गाँजा सहित ५
जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही
नगरपालिका-११ बस्ने २५ वर्षीय सूर्य बहादुर स्याङबो, २८ वर्षीय होमनाथ मुक्तान, २५
वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबी लाल तामाङ् रहेका छन् ।
चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.८ ख ८१०६ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट
खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी
पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0