काठमाडौं, २८ चैत – महोत्तरी, बारा, प्यूठान, रुकुम (पश्चिम), झापा, बाँके र दाङका छुट्टाछुटै स्थानमा
भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
महोत्तरी, महोत्तरी गाउँपालिका-६ गोरिगामास्थित सडकमा प्र.२-०२-००१ त
००६४ नम्बरको सेफ्टी ट्याङ्की जडान गरेको टयाक्टर आफैँ अनियन्त्रित भई आइतबार
दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक एकडारा गाउँपालिका-५ बहेरा बस्ने १८ वर्षीय सरोज
डोमको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका टयाक्टरका सचालक
सोही ठाउँ बस्ने ३० वर्षीय सत्रुधन महतोको उपचारको लागि जनकपुरतर्फ पठाइएको छ ।
बारा, पचरौता नगरपालिका-८ लंगडाचोक डोर पुलस्थित सडकमा प्रदेश नम्बर २-
०३-०१४ प ४०१६ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार रौतहट
ईशनाथ नागरपालिका-२ औरैया टोल बस्ने ३० वर्षीया मिना देवीको आइतबार दिउँसो मृत्यु
भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंजमा
उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको
छ ।
प्यूठान, प्यूठान नगरपालिका-४ बिजुवारस्थित सडकमा रा.१ क ८८१ नम्बरको
बसको ठक्करबाट सोही ठाउँ बस्ने बिकाश कार्कीको १५ महिनाको छोरा युनिक कार्कीको
आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल
बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।
रुकुम (पश्चिम), आठबिकोट नगरपालिका-४ तिल भन्ने स्थानमा भे.२ त ५४ नम्बरको
ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना
हुँदा ट्याक्टर चालक सोही नगरपालिका-६ बस्ने ३९ वर्षीय मोति प्रसाद खड्काको
घटनास्थलमै मृत्यु भएको छ ।
झापा, बिर्तामोड नगरपालिका-२ रामचोकस्थित सडकमा ना.६ ख ६४५५ नम्बरको
ट्रकले बा.१५ प ८२०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा
मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने २९ वर्षीय संयम बजगाईँको मृत्यु भएको
छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको
क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-११ बिपि चोकस्थित सडकमा प्रदेश नम्बर ३-
०१-०२३ च ८४८१ नम्बरको कारको ठक्करबाट ३ जना पदैलयात्रीको आइतबार राति मृत्यु
भएको छ । मृत्यु हुनेहरुमा सोही उपमहानगरपालिका-११ सोनारमण्डी बस्ने ६५ वर्षीया
समिना ईद्रिसी, अस्लाम अन्सारीको ५ वर्षीय छोरा अली अन्सारी र अजिम ईद्रिसीको ५
बर्षीय छोरा कलिम ईद्रिसी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको नर्सिङ
होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-७ नागडाँडास्थित सडकमा रा.५ प ५१८५
नम्बरको मोटरसाइकल रा.१ त ४६७८ नम्बरको ट्याक्टरमा ठोक्किएर आइतबार राति
दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१६ बयरडाँडा बस्ने २२
वर्षीय निसान्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति
स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा
घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0