झापा, २८ चैत बिर्तामोड नगरपालिका-९ धनबिर टोलबाट नियन्त्रित लागुऔषध २५ ट्याब्लेट नाईट्रोसन, करिब १ सय ग्राम गाँजा जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-४ बस्ने भारत घर भएका ३४ वर्षीय रवि भन्ने अजय दासलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी बिट शैनिक बजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0