काठमाडौं २८ चैत/नयाँ वर्ष २०७९ को अवसर पारेर काठमाडौको नागार्जुन नगरपालिका– ५ रानीटार सितापाइलामा ‘प्रथम नागार्जुन रानीपाटी महोत्सवको औपचारिक रुपमा प्रारम्भ भएको छ।
नागार्जुन नगरपालिका भित्रका स्थानीय कला, संस्कृति र उत्पादनको प्रवद्र्धन, ऐतिहासिक संम्पदाको प्रचार प्रसार तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेस्यकासाथ १७ दिनसम्म आयोजना हुने सो महोत्सव आगामी १५ बैशाखसम्म चल्ने छ ।
रानीपाटी टोल सुधार समिति र नागार्जुन नगरपालिकाको संयुक्त आयोजनामा हुने सो महोत्सवमा एक सय पचास भन्दाबढीको स्टलहरु हुने छन भने दैनिक राष्ट्रिय चर्चित कलाकारहरुद्धारा बेजोड साँगितिक प्रस्तुती हुने छ । यस महोत्सवको विशेष सहयोगी आयोजक संस्थामा नेपाल मेला महोत्सव संघ केन्द्रिय कार्यालय काडमाडौ रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले स्थानीय रानीपाटी टोलसुधार समितिको सक्रियतामा हुन लागेको यो महोत्सव स्थानीय उत्पादन र यहाँका परम्परागत ऐतिहासिक साँस्कृतिक धरोहरको प्रवद्र्धन र प्रचार प्रसारमा निकै उपयोगी र फलदायी हुने आशा गरेको बताएका छन्।
कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष करुण कुमार बलामीले यस महोत्सवमा यहाँका स्थानीय नेवार समुदायको पुरानो संस्कृति तथा झाँकी प्रदर्शन नै मुख्य आकर्षण हुने जानकारि गराए । यो महोत्सवलाई यस वडा बासीको पुर्ण सहयोग रहने समेत प्रतिबद्धता गरेका थिए। त्यस्तै सो नगरपालिका कै वडा नम्बर ५ का अध्यक्ष महेश रिमालले यो महोत्सवले यहाँको कृषि संगै स्थानिय उत्पादनको समेत प्रबन्धन हुनुको साथै यहाँका पाटि पौवा लगाएत यहाँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताएका थिए।
प्रथम नागार्जुन रानीपाटी महोत्सव आयोजक समितिका संयोजक शेखर श्रेष्ठले बोल्दै यहाँका स्थानीय टोलवासी र व्यवसायीहरुको सक्रियता र नगरपालिकाको सहकार्यमा पहिलोपटक यो महोत्सव आयोजना गर्न लागेको बताए । उनले यो महोत्सव निकै आकर्षक हुने बताए । समितिका कोषाध्यक्ष अनिल ताम्राकारले १७ दिनसम्म चल्ने यस महोत्सव सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । उनले यो महोत्सवमा लाग्ने खर्च नागार्जुन नगरपालिका, स्थानीय व्यवसायी र टोलबासीबाट जुटाइने जानकारि दिए ।
आजको सो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत,विशेष अतिथि राप्रपा का केन्द्रिय सदस्य नवीन शाही,नागार्जुन वडा नम्बर ४ का अध्यक्ष करुण कुमार बलामी, ५ का अध्यक्ष महेश रिमाल,६ नम्बरका अध्यक्ष राजेन्द्र बुढाथोकी, रानीपाटी टोल सुधार समितिका संस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ,रानीपाटी वडा नम्बर ४ का इन्जिनियर एवम् पुर्व अध्यक्ष कंचन बलामी,समाजसेवी राम बहादुर बलामी,मेला आयोजक समिति र नेपाल मेला महोत्सव प्रा.लि का व्यवस्थापक अनिल ताम्राकार, दिपक दाहाल,आदेश्वर फुलवारि महिला समुहका अध्यक्ष सरिता बस्नेत लगाएत विभिन्न विशिष्ट व्यक्तिहरु उपस्तिथि रहेको उद्घाटन कार्यक्रममा रानीपाटी टोल सुधार समितिका अध्यक्ष शेखर श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए।
Views: 0