सर्लाही, २९ चैत – बागमती नगरपालिका-९ बस्ने ४२ वर्षीय चन्देश्वर महतोलाई धारिलो हतियार खुकुरी
प्रहार गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका-८ बस्ने १९ वर्षीय अमृत
परियारलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
अमृतले पुरानो रिसिबिको कारण खुकुरी प्रहार गर्दा घाइते भएका चन्देश्वरको वीरगञ्ज
न्यूरो सर्लाहीमा उपचार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राजधाटबाट खटिएको
प्रहरीले उक्त खुकुरी सहित अमृतलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0