पर्सा, २९ चैत – वीरगञ्ज महानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको रौतहट
फतुवा विजयपुर नगरपालिका-१० बस्ने लक्ष्मी चौधरीको ना.३५ प ५९१ नम्बरको
मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने २० वर्षीय ऋषी
पासवान र १९ वर्षीय सहिम मिया अन्सारी रहेका छन् ।
चोरी गरी भाग्दै गरेको सूचना प्राप्त
हुनासाथ प्रहरी चौकी बसपार्कबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल
सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0