अवैध लागुऔषध सहित पक्राउ

२०७९ बैशाख १, बिहीबार २२:१६ गते २०७९ बैशाख १, बिहीबार २२:१६ गते २०७९ बैशाख १, बिहीबार २२:१६ गते

काठमाडौं, ३० चैत
बाँके, कोहलपुर नगरपालिका-१२ रोहिनी खोलास्थित सडकबाट करिब ८० ग्राम
अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३० वर्षीय मुन्ना
भन्ने जगत केसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय
कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
साथै उनको साथबाट भे.१२ प २९० नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१९ मोतिपुर बस्ने २० वर्षीय शुसिल थापा र
सियारी गाउँपालिका-६ घर भएका २८ वर्षीय बाला गिरीलाई करिब १ ग्राम ७०
मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नगद ६ हजार ५ सय
रूपैयाँ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका
प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध
फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रबाट करिब ५ सय ग्राम
अवैध लागुऔषध गाँजा र नियन्त्रित लागुऔषध अनरेक्स ३६ बोतल सहित सोही
उपमहानगरपालिका-२ पिपलबोट बस्ने २६ वर्षीय निमेश कटुवाललाई मंगलबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला
प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला
पारी पक्राउ गरेको हो ।

जुम्ला, चन्दननाथ नगरपालिका-५ राजासिमस्थित सडकबाट करिब ५ सय २०
मिलिग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित तातोपानी गाउँपालिका-५
बस्ने १९ वर्षीय टेकेन्द्र नेपालीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी
कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको
हो । साथै थप अनुसन्धानको क्रममा उनले उक्त लागुऔषध तिला गाउँपालिका-७ बस्ने ३१

वर्षीय हरि बहादुर रोकायाको पसलबाट ल्याएको खुल्न आएपछि प्रहरीले हरि बहादुरको
पसल तलासी गर्दा थप १५ ग्राम ५ सय मिलिग्राम चरेश जस्तो देखिने पदार्थ फेला पारी
उनलाई समेत पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *