काठमाडौं, १ वैशाख
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ काँक्रेविहारस्थित सडकबाट करिब ९ ग्राम ७ सय
७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ७ हजार ४ सय
६० रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २० वर्षीय नर बहादुर बुढा र सोही नगरपालिका-९ बस्ने
१९ वर्षीय सुरेन्द्र बुढा रहेका छन् । उक्त स्थानमा अवैध लागुऔषध कारोबार भइरहेको भन्ने
सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ
गरेको हो ।
सिरहा, लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट नियन्त्रित लागुऔषध नाईट्राभेट
३ सय ट्याब्लेट सहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय दिपेश चौधरीलाई बुधबार
राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले
उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१८ फोरलाईनस्थित सडकमा को.१ च
५३०१८ नम्बरको पिकप भ्यानबाट करिब १ सय २० केजी अवैध लागुऔषध गाँजा, ५ सय
५४ केजी अदुवा र ४५ केजी धानको भुस बुधबार राति प्रहरीले बरामद गरेको छ । उक्त
स्थानमा पिकप भ्यान रोकी चालक फरार भएपछि ईलाका प्रहरी कार्यालय बुधनगरबाट
खटिएको प्रहरीले भ्यान तालसी गर्दा उक्त परिमाणको गाँजा, अदुवा र धानको भुस फेला
पारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, सखुवाप्रसौनी गाउँपालिका-५ बलवाटोल बस्ने बिर्जा पटेलको घरबाट वेवारिसे
अवस्थामा रहेको करिब ३ केजी अवैध लागुऔषध गाँजा बुधबार राति प्रहरीले बरामद
गरेको छ । पटेलको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी
महुवान पर्साबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा उक्त गाँजा फेला पारी बरामद
गरेको हो । हाल फरार पटेलको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0