बेलायतवाट नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक

२०७९ बैशाख १, बिहीबार २३:२८ गते २०७९ बैशाख १, बिहीबार २३:२८ गते २०७९ बैशाख १, बिहीबार २३:२८ गते

काठमाडौं। नयाँ बर्ष २०७९ को शुभअवसरमा बेलायतवाट नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको छ। संपूर्ण निर्माण संपन्न भएर विश्वव्यापी प्रदर्शनको तर्खरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो।

बेलायतमा रहेका बरिष्ठ रंगकर्मी तथा अभिनेता सनम कुमार बैरागको निर्देशनमा चलचित्र कैदीको–पत्र बनेको हो। चलचित्र कैदीको–पत्र बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित चलचित्र कैदीको–पत्रको संपूर्ण छायाँकन बेलायतको स्कटल्याण्डमा संपन्न भएको हो।

४० दिनमा छायाँकन संपन्न भएको यस चलचित्रमा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी निर्देशक बैरागले दिएका छन्। चलचित्र कैदीको–पत्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको छ। युवा पुस्ताको बर्तमान फिल्मी चासोलाई मध्यनजर गरेर चलचित्रको कथावस्तुअनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागको भनाई छ।

भिजन संसार प्रा।लि।को व्यानरमा निर्माण अनि निर्देशक बैरागकै गीत, पटकथा तथा संवाद रहेको यस चलचित्रमा बेलायतका लागि पूर्वनेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ। म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ।

प्रकाशन मिति–२०७९ बैशाख १ गते विहीवार ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *