कैलाली, २ वैशाख – जानकी गाउँपालिका-९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको विभत्स हत्या
भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-९ बस्ने १९ वर्षीय सुमित साउद, १९ वर्षीय
बमे भन्ने बम बहादुर बोहोरा, १९ वर्षीय रोनी परियार भन्ने दिलिप दास र १९ वर्षीय
मनोज भण्डारी रहेका छन् ।
जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा गत पुस ३ गते अर्जुन
दासलाई मोवाईल चोरी गरेको आरोपमा कुटपिट गरी साजको रूखमा बाधेर खुकुरी प्रहार
गरी विभत्स हत्या पश्चात फरार रहेका उनीहरूलाई महानगरीय अपराध महाशाखा
मिनभवनबाट खटिएको प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका-१ बेलहिया सिमानाकाबाट
फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुन्धान तथा कारवाहीका लागि
जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको छ ।
Views: 0