सवारी दुर्घटनामा ५ जनाको मृत्यु

२०७९ बैशाख २, शुक्रबार २२:०१ गते २०७९ बैशाख २, शुक्रबार २२:०१ गते २०७९ बैशाख २, शुक्रबार २२:०१ गते

काठमाडौं, २ वैशाख
सिरहा, लहान नगरपालिका-१३ स्थित सडकमा बिआर ०७ पिसि २७८३ नम्बरको
टेम्पो अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा टेम्पोमा सवार भारत घर भएका २९
वर्षीय शम्भु पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माँ धमनी
अस्पताल हुँदै थप उपचारका लागि बिराटनर्सिङ अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा
बाटोमै मृत्यु भएको हो ।

धनुषा, गणेशमान चारनाथ नगरपालिका-४ वीरेन्द्र बजारस्थित सडकमा ज.२ प
५८६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा सोही ठाउँ
बस्ने १७ वर्षीय खेसु ठाकुर भन्ने अर्जुन ठाकुरको मृत्यु भएको छ । आफैले चलाएको
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा
उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी धनुषा, बटेश्वर गाउँपालिका-२ कार्ती ककुमर बजारस्थित सडकमा को.१ घ
५३ नम्बरको गाडीले ज.५ प १३८२ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर
दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ चित्रपुर बस्ने १८ वर्षीय विवेक कुमार
महतोको घटनास्थलमै मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, रतुवामाई नगरपालिका-४ झुर्कियास्थित सडकमा प्र.१-०४-००१ प ७६३१
नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक सोही
नगरपालिका-४ झुर्किया बस्ने २२ वर्षीय पंकज यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर
घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहट, चन्द्रपुर नगरपालिका-८ गौरचपुर सडकमा प्रदेश २-०३-००१ ज १९७
नम्बरको म्याजिकले बा.४५ प २२४३ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा
स्कुटर चालक बृन्दावन नगरपालिका-९ भुसाह बस्ने ६१ वर्षीय जनहिर पासवानको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित चन्द्रपुर प्रालि अस्पतालमा
उपचारको क्रममा मृत्यु भएको हो । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *