समीर नेपाल/काठमाडौं ५ बैशाख /चलचित्र ‘सम्झना–बिर्सना’ ट्रेलर सार्वजनिक गरिएको छ । आकाश श्रेष्ठ र पुजा शर्माको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो ।सार्वजनिक टेलरमा तीन बर्ष अगाडि रिलिज भएको चलचित्र ´भिलेन` को पार्श्व संगित हुबहु चोरी गरिएको छ।
सार्वजनिक चलचित्रको टेलरको पार्श्व संगित गरेका एलिस कार्कीले चलचित्र ´भिलेन`को पार्श्व संगित पनि कार्की कै छ। चलचित्रमा पार्श्व संगित चोरी भएपछि चलचित्रका निर्माता एवम् नायक कपिल खत्रीले आर्कोस पोख्दै सामाजिक संजालमा गुनासो गरेका छन् । हाम्रो सम्बादाता सङ्ग कुरा गर्दै खत्रीले यसरी पार्श्व संगित चोरी हुनु दु:खद र लज्जास्पद भएको र सम्बन्धित निकायको र निर्माताको ध्यान जान जरुरी रहेको बताएका छन् ।
निमेश प्रधानको निर्देशन रहेको चलचित्र जेठ ६ गते प्रदर्शन हुने छ । प्रेम कथाको चलचित्रमा आकाश र पुजाका अलवा सुनील थापा, शिसिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्रको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले साथ दिएका छन् ।
चलचित्रको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन भने निर्मातामा रेबिका प्रधान छिन् । आदित्य फिल्मस्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’मा शिब ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । चलचित्रमा समाबेश गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत रहेको छ । कमल राईको कोरियोग्राफी रहेको चलचित्रको व्यवस्थापक राम कार्की र कृष्ण प्रधानले समाहालेका छन् ।
हेर्नुहोस् चलचित्रको टेलर र चोरी गरिएको पार्श्व संगित हुबहु चोरी गरिएको दृश्य
Views: 0