गैरआवासीय नेपाली संघ (एनआरएनए)को बैठक अप्रिल महिनाको अन्तिम साता बस्ने

२०७९ बैशाख ६, मंगलवार ०९:१९ गते २०७९ बैशाख ६, मंगलवार ०९:१९ गते २०७९ बैशाख ६, मंगलवार ०९:१९ गते

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको बैठक अप्रिल महिनाको अन्तिम साता बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरि जोशिका अनुसार संघको ८४ औं बैठक अप्रिल ३० तारिख भर्चुअलमार्फत बस्न लागेको हो ।

संघको १० औं महाधिवेशन पछि पहिलो पटक बस्न लागेको पूर्ण बैठकलाई निकै चासो र महत्वका साथ हेरिएको छ ।

जोशीका अनुसार सो बैठकका लागि एजेण्डाहरु पठाउन आइसीसी (केन्द्रीय) सदस्यहरुलाई आग्रह गरिसकिएको छ ।

सबैलाई चाहेका आआफ्ना एजेण्डाहरु पठाउन आग्रह गरेको छु । धेरै जनाले आफ्ना भनाईहरु राख्न पाइदैन् भनेर गुनासो गर्नु भएको छ। यस पटक सबैलाई अवसर दिने योजना छ’ जोशीले भने ।

आइसीसी सदस्यहरुको सुझावका आधारमा आगामी २३ तारिख बस्ने पदाधिकारी (ओविइ) बैठकले ती एजेण्डाहरुलाई अन्तिम रुप दिने छ ।

बैठकमा संघको संरक्षक परिषदको गठन, सल्लाहकारको मनोनयन, आइसीसी सदस्यहरुको मनोनयन, मानार्थ सदस्यहरुको मनोनयन , केन्द्रीय कार्यालयमा नयां सिइओ नियुक्ति लगायतका एजेण्डामा छलफल हुनेछ ।

स्रोत: राष्ट्रिय जन सवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *