काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस) २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवीबाट सुशोभन भएका बिभिन्न क्षेत्रका ख्यातिप्राप्त ब्यक्तित्वसँगै कलाकारिता क्षेत्रका पनि धेरै चर्चित अनुहारहरु परेका छन । सरकारको सिफारिसका आधारमा शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपतिबाट कृतिमय राष्ट्रदीप, सुप्रबल जनसेवा श्री, प्रबल जनसेवा श्री तथा जनसेवा श्री पदकले विभूषित गरिएको छ ।
विभूषित हुनेमा रास्ट्रीय दोहोरी गीत प्रतिस्ठान नेपालका पुर्व अध्यक्ष एबं चर्चित कलाकार कला र गलाका धनी चन्द्र प्रसाद शर्मा प्रवल जनसेवा श्री पदकबाट सम्मानित भएका छन । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रवल जनसेवा श्री बाट सम्मान गरेकी हुन ।
शर्माले कलाकारिताको क्षेत्रमा उच्च योगदान पुर्याए बापत उक्त सम्मान गरिएको हो । शर्मासँगै कलाकारिता क्षेतृका हस्तीहरु संगीतकार शम्भुजित बास्कोटालाई कृतिमय राष्ट्रदीप पदक, गीतकार कालिप्रसाद रिजाल, भजन शिरोमणि तथा संगीतकार भक्तराज आचार्य, र कलाकार गौरी मल्ललाई सु- प्रवल जनसेवाश्री पदकबाट सम्मान गरिएको छ ।
यसैगरि चर्चित कलाकारहरू रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, कुलेन्द्र वि.क, देविका प्रधान, विष्णु माझी, नवल खड्का, प्रकाश घिमिरे र कस्तुप पन्तलाई प्रवल जनसेवा श्रीले विभूषित गरिएको छ ।
हेमन्त शर्मा, प्रकाश सपूत, केकी अधिकारी, अनमोल केसी, राधिका हमाल,कमल गाउँले, मिलन चाम्लिङ राई, महेश प्रसाद हाडा, नविनकुमार पौडेल, सुजल बम, तेरिया फौजा मगर, शिवशंकर रिजाल ‘जोगेन्द्र’ राजकुमार राई र रन्जु झा जनसेवाश्री पदकबाट सुशोभित भएका छन ।
स्रोत: राष्ट्रिय जन सवाल दैनिक
Views: 0