जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९ बैशाख ६, मंगलवार २०:४० गते २०७९ बैशाख ६, मंगलवार २०:४० गते २०७९ बैशाख ६, मंगलवार २०:४० गते

काठमाडौं, ६ वैशाख – ललितपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा
महाङ्काल गाउँपालिका-६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई
सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सिवाकोटीले ती किशोरीलाई ललाई फकाई
२०७८ भदौदेखि पटकपटक जबरजस्ती करणी गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी
वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उदयपुर, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी
नगरपालिका-५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार बिहान प्रहरीले पक्राउ
गरेको छ । ती किशोरीलाई सन्तोषले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *